
काठमाण्डु, ५ जेठ – अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा सोमबार अफगान सुरक्षाबलले जारी राखेको कारवाहीको क्रममा तालिवानका एक प्रमुख कमाण्डर पक्राउ परेको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राजधानी काबुललदेखि ६० किलोमिटर दक्षिणमा रेहेको लोगार प्रान्तको प्रान्तीय राजधानी पुल –ई आलामदेखि बाहिरी इलाकामा पर्ने सेडान क्षेत्रमा तालिवान कमाण्डर मुल्लाह अब्दुल्लाह पक्राउ परेको सोमबार बिहान प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अफगान सैनिक र प्रहरीको संयुक्त कारबाहीमा तालिवान लुकेर बसेको इलाकाबाट एक वाकी ताकी र तीन वटा मोटरसाइकलसमेत बरामद गरिएको जनाइएको छ ।
पक्राउ परेका ती कमाण्डर लोगार प्रान्त र सँगसँगैको इलाकामा सडक किनारामा बम विस्फोटलगायतका कयौं आतङ्ककारी क्रियाकलापमा संलगन रहदै आएको पाइएको छ ।
गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा ती कमाण्डर पक्राउ परेको समाचारको पुष्टि गरिएको छ । साथै सो विज्ञप्तिमा अफगानिस्तानको सुरक्षा निकायले तालिवानविरुद्धको कारबाही जारी राखेको जनाएको छ ।