नेपाल र इजरायलकाे चेम्बर अफ कर्मसबीच आर्थिक विकासका लागि सहकार्य गर्ने सम्झौता

काठमाण्डु टुडे २०७७ जेठ १० गते १९:५० मा प्रकाशित

काठमाण्डु, १० जेठ– नेपाल इजरायल चेम्बर अफ कर्मस एण्ड इन्डष्ट्रिज (एनआईसीसीआई) र इजरायल एशिया चेम्बर अफ कर्मस (आएसीसी) बीच सहकार्यका लागि सम्झौता भएको छ ।

सम्झौतामा एनआईसीसीआईको तफबाट अध्यक्ष शिशिर भट्ट र आईएनसीसी तर्फबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन । इजरायल एसीया चेम्बर अफ कर्मस अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कर्मसको अध्यक्षता अनात बर्नस्टेन रेचले गर्नेछन् ।

एनआईसीसीआई र आईएसीसी बीच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायतका विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो । इजरायल स्थित नेपाली राजदुत डा. अन्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो ।
सो अवसरमा राजदूत शाक्यले दुई संस्था बीच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताइन्। सो अवसरमा राजदूत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नुपर्ने कुरामा समेत जोड दिईन ।

सो अवसरमा भर्चुअल सम्वाद गदै नेपाल इजरायल चेम्बर अफ कर्मसका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायल बीच ६० वर्ष अघि शुरु भएको कुटनितिक सम्बन्धको स्मरण गदै यो सम्झौताले दुई देशको बीच ब्यापारिक तवरमा यातायात, कृषि, पूर्वाधार, जलविद्युत, शिक्षा लगायतका क्षेत्रमा द्विपक्षिय सहयोग आदान प्रदान प्रदान हुने बताए ।

अध्यक्ष भट्टले वर्तमान अवस्थामा इजरायत नवप्रवर्तक राष्ट्रको रुपमा परिचित भएकाले कोभिड १९ को संक्रमणलाई सजिलै व्यवस्थापन गर्ने विश्वस्त रहेको समेत बताए । इजरायलले नेपालको कृर्षि क्षेत्रको विकास र आधुनिकिकरणमा सहयोग गरेको बताउँदै नेपालले पनि कृर्षि क्षेत्रलाई पुर्ण आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्वमा बिशेष ध्यान दिएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष भट्टले नेपालको विविध प्रकारको मौसम अनुकुलताका कारण कृर्षि उत्पादनको राम्रो सम्भावना रहेको जनाउँदै इजरायलका कम्पनीसँगको सहकार्यमा यहाँ उत्पादन भएको र्कषि उपजलाई विश्वबजारमा पु¥याउन सकिने बताए । सो अवसरमा इजरायल एशिया चेम्बर अफ कर्मसका अध्यक्ष माथन भिलनाइले दुई संस्था बीच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

इजायल नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको वित्तीय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खशी व्याक्त गर्दैै आफ्नो तर्फबाट आश्वयक सहयोग गर्ने बताए ।

सो अवसरमा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले २ संस्था बीच भएको सम्झौतामा खुशी व्यक्त गदै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदान प्रदान हुने बताए । नेपाली टोली केही महिना अघि सम्झौतामा हस्ताक्षर गर्न इजरायल जानु पर्ने तालिका भएपनि कोरोना संकटका कारण जान सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us