अब चितवनको लोथरसम्म पाइपबाटै पेट्रोल

काठमाण्डु टुडे २०७७ जेठ २ गते २३:२५ मा प्रकाशित

काठमाण्डु, २ जेठ– सरकारले भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ल्याएको पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने भएको छ ।

अमलेखगञ्जसम्म विस्तारित पाइपलाइनका कारण पेट्रोलियम पदार्थको ढुवानी सहज भई लागत कम हुनुका साथै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न सहयोग पुगेकालदे अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना निर्माण गरिएको सरकारले शुक्रबार संसीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने पनि कार्यक्रममा छ ।

चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गृहको निर्माण कार्य प्रारम्भ गरिने तथा झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट निर्माण कार्य अगाडि बढाउने सरकारको योजना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us