चीनमाथि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाण्डु टुडे २०७७ वैशाख २० गते ११:२६ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले चीनको लापरबाहीका कारण कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएकाले उसलाई प्रतिबन्ध लगाउन सकिने उल्लेख गरे ।

राष्ट्रपतिका लागि बनाइएको फार्म हाउसका लागि प्रस्थान गर्नुअघि ट्रम्पले पत्रकारहरुसँग भने, ‘उसका कारण जसरी संसारभर कोरोना महामारी फैलिएको छ, त्यसका लागि चीनलाई प्रतिबन्ध लगाउन सकिन्छ ।’

गएको मार्च २८ बाट राष्ट्रपति भवन ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले अब कम्तिमा एक साता फार्म हाउसमा बिताउने छन् ।

ट्रम्पले चीनको हुवेई प्रान्तको वुहान सहरस्थित एक प्रयोगशालामा कोरोना भाइरस निर्माण गरिएको जिकिर गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us