
एजेन्सी – बलिउडकी कलाकार किशोरी बलालको मंगलबार निधन भएको छ ।
उनको उपचारको क्रममा भारतको बेंगलुरुको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । विभिन्न चलचित्रमा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्।
उक्त चलचित्रमा उनको भूमिकाको निकै चर्चा भएपछी उनलाई कावेरी आमाको उपनामले चिनिन्थ्यो ।