
काठमाण्डु , २९ माघ – गायन क्षेत्रलाई अझ फराकिलो बनाउन सुरु हुने भएको छ ‘नेपाल स्टार’ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको निर्णायकको भूमिकामा चर्चित गायक रामकृष्ण ढकाल, आलोकश्री र अञ्जु पन्त रहनेछन् ।
नेपाल स्टारमा ५० लाख बराबरको पुरस्कारको व्यवस्था गरिएको छ ।
नेपाल स्टारको उपाधी जित्नेले ३५ लाख पाउनेछ भने अन्य तीन जनाले ५ ५ लाख प्राप्त गर्नेछन् ।