
एजेन्सी–बलिउडस्टार सलमान खानले पाकिस्तानी आयोजकको ‘लाइभ पर्फमेन्स’ रद्ध गरिदिएका छन् ।
पाकिस्तानी ‘इभेन्ट प्रोमोटर’ रिहान सिद्धिकीको आयोजनामा अमेरिकाको हस्टनमा हुने लाइभ पर्फमेन्स सलमानले रद्द गरेका हुन् ।
गत वर्ष सेप्टेम्बरमा पाकिस्तानी आयोजनामा अमेरिकामा भएको कार्यक्रममा उपस्थित भए वापत कुमार सानु, उदित नारायण झा र अल्का यग्निकलाई स्पष्टिकरण सोधिएको थियो । पश्चिम भारत सिने कर्मचारी महासंघले उनीहरुलाई प्रश्न सोधेको थियो ।