काठमाण्डु , २१ माघ—नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक साताको तेस्रो दिन १२.०४ अंकले घटेर १३३७.०४ बिन्दुमा थामिएको छ ।
यसैगरि सेन्सेटिभ परिसूचकसमेत २.९२ अंकले घटेर २८४.९९ बिन्दुमा पुगेको छ । नेप्सेकानुसार आज (मंगलबार) १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ५७ करोड १ लाख माथिको कारेबार भएको छ ।
बिकास बैंक, फाइनान्स, नन् लाईफ इन्स्योरेन्स र अन्य उपसूचक बाहेक बाँकी सबै उपसमूह ऋणात्मक देखिएको छ । आज नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको कारेबार सर्बाधिक धेरै कारोबार १० करोड ७० लाख ६३ हजार बढीको कारोबार भएको छ ।
यसैगरि, सबै भन्दा धेरै कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स कम्पनीका शेयरधनीहरुले ९.९९ प्रतिशतले कमाएका छन् । भने मिथिला लघुबित्त बित्तीय संस्थाका शेयरधनीहरुले ५.२३२५६ प्रतिशत्ले गुमाएका छन् ।