बिल गेट्सकी छोरीले खेलाडीसँग विवाह गर्दै

काठमाण्डु टुडे २०७६ माघ २० गते १८:४४ मा प्रकाशित

काठमाण्डु,२०माघ–अमेरीकाका धनि ब्यक्ति तथा माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी छोरीको विवाह हुने भएको छ । बिल गेट्सकी जेठी छोरी जेनिफर गेट्सले इजिप्टका घोड सवार खेलाडी नायल नासरसँग विवाह गर्ने भएकी हुन् ।

बिल गेट्सकी छोरी २३ वर्षकी जेनिफरले आफुहरुको सम्बन्ध भएको बारे सामाजिक सञ्जाल इन्स्टाग्राममा बताएकी छिन् । उनले इन्स्टाग्राममा आफुहरुले विवाह गर्ने बारे बताएकी छिन् ।

नायल नासरसँग विवाह गर्न पाउनु भाग्यमानी भएको बताएकी छिन् । विवाहको खबरले धनि ब्यक्ति बिल गेट्स खुशी भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us