सुनको भाउले इतिहास रच्यो

काठमाण्डु टुडे २०७६ माघ १९ गते ११:१६ मा प्रकाशित

काठमाण्डु , १९ माघ —साताको पहिलो दिन आज आइतबार सुनको भाउ आकासिएको छ ।
शुक्रबार प्रतितोला ७६ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us