
काठमाण्डु , १५ माघ — नेपालका चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)लाई पुत्र लाभ भएको छ ।
विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् ।
विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’
विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।