
मुम्बइ- बलिउडका सुपरस्टार सलमान खानले आफ्नै फ्यानको फोन खोसेपछि विवादमा परेका छन् ।
गोवा विमानस्थलमा भएको उक्त घटनाको भिडियो फाइरल भएसँगै खानलाई गोवा रोक लगाइएको छ । नेशनल स्टुडेण्ट युनियन अफ इण्डियाले सलमानको यो व्यवहारको विरोध गर्दै उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेको हो ।
सलमानले सार्वजनिक रुपमा माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाइनुपर्ने फ्यानको माग छ । विद्यार्थी युनियनका अध्यक्ष अहराज मुल्लाले गोवाका मुख्यमन्त्रीलाई औपचारिक पत्र नै लेखेर सलमानलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनले सलमानको व्यवहार सार्वजनिक रुपमा फ्यानको अपमान भएको बताएका छन् ।
सलमान अहिले फिल्म राधेको सुटिङका लागि गोवा गएका छन् । यदि विद्यार्थी संगठनको मागलाई मध्यनजर गर्दै उनीमाथि प्रतिबन्ध लगाइए उनको फिल्मको सुटिङ रोकिनेछ ।
भिडियोमा सलमान एक फ्यानको मोवाइल खोसिरहेको देखिएका छन् । भिडियोमा ती फ्यान सलमानसँग सेल्फी खिच्ने प्रयास रहेको देखिएका छन् । त्यही बेला सलमानले उनको हातबाट मोवाइल खोसेका थिए ।