
एजेन्सी–बलिउडका मिस्टर परफेक्शनिस्टु भनिने अभिनेता आमिर खानको फिल्म लाल सिंह चड्ढाु आगामी क्रिसमसमा रिलिज हुने भएको छ।
लाल सिंह चड्ढाु क्रिसमसमा रिलिज हुने एक्लो फिल्म हुने सम्भावना छ। यसअघि अक्षय कुमारको बच्चन पांडेु पनि क्रिसमसमा रिलिज हुने भनिएको थियो।
तर पछिल्लो समय लगातार हिट फिल्म दिइराखेका अक्षय कुमारलाई आमिर खानले फिल्मको रिलिज मिति सार्न अनुरोध गरे। सार्वजनिक रूपमै आमिरले अक्षय र निर्देशक साजिद नाडियाडवालासँग बच्चन पांडे को मिति अगाडि सार्न अनुरोध गरेका हुन्।
आमिरको यो अनुरोधमा अक्षयले पनि प्रतिक्रिया दिएका छन्। उनले फिल्म रिलिजको मिति सारिएको पनि बताएका छन्। यो खबरसँगै आमिर खानले अक्षय कुमारलाई धन्यवाद दिएका छन्।
आमिरले धन्यवाद दिँदै लेखेका छन्, कहिलेकाहीँ कुरैकुरामा कुनै काम बन्छन्। मेरा साथी अक्षय कुमार र साजिद नाडियाडवालालाई धन्यवाद। उनीहरूले मेरो एउटा अनुरोधमा आफ्नो फिल्म बच्चन पांडेु को मिति सारेका छन्। म उनीहरूको फिल्मका लागि धेरै धेरै शुभकामना दिन्छु।
उनको धन्यवादमा अक्षय कुमारले भनेका छन् कहिलेकाहीँ, आमिर खान। यहाँ हामी सबै साथी हौं। फिल्मको नयाँ लुक र नयाँ रिलिज मिति सार्वजनिक गर्दैछु– २२ जनवरी, २०२१ मा बच्चन पांडेु का रूपमा भेटुँला।
बच्चन पांडेु मा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि मुख्य भूमिका छ। आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको लाल सिंह चड्ढा हलिउड फिल्म फरेस्ट गम्पु को आधिकारिक रिमेकु हो।