शाहरुख खानले भने, म मुसलमान, श्रीमती हिन्दु, छोराछोरी हिन्दुस्तान

काठमाण्डु टुडे २०७६ माघ १२ गते १८:१८ मा प्रकाशित

एजेन्सी– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो कुनै धर्म नभएको र आफू एक भारतीय नागरिक भएको बताएका छन्।

डान्स रियालिटी शो ‘डान्स प्लस ५’मा उनले भने, ‘म मुसलमान, श्रीमती हिन्दू अनि छोराछोरी हिन्दुस्तान हुन्। धेरै पटक छोराछोरीको स्कुलमा फारम भर्नु पर्दा उनीहरु धर्मको बारेमा मलाई सोध्दा म एक भारतीय नागरिक भएको बताउँदै आएको छु।’
उनले आफू एक भारतीय भएकाले धर्म नै यही भएको दाबी गरे।

शाहरुखले भारतले मनाउने प्रत्येक चाडपर्व मनाउँदै आएका छन्। गत वर्ष उनले गणेशको मूर्ति र पूजा आफ्नो घरमा गरेका थिए भने त्यहाँ राखिएको अब्राहमको फोटोमा सबैले चासो देखाएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us