अक्षय कुमार बलिउडकै सबैभन्दा महँगो कलाकार

काठमाण्डु टुडे २०७६ माघ ११ गते १३:१५ मा प्रकाशित

एजेन्सी–बक्सअफिसमा सधैं हिट रहेका कलाकार अक्षय कुमारले हालै एउटा चलचित्रको लागि भारु १२० करोडको कन्ट्रयाक्ट साइन गरेका छन् ।

“तनु वेड्स मनु” नामक चलचित्रको यो अफर निर्देशक आनन्द एल रायले दिएको बताइएको छ ।

अक्षयले आफ्नो कन्ट्रयाक्टको पैसा सधैं पेश्की मार्फत थोरै रकम मात्र लिने हुँदा निर्देशकहरुले खासै हैरानी बेहोर्नु नपर्ने बताइएको छ ।

२०१९ मा अक्षयले अभिनय गरेको चलचित्र केसरी, मिसन मंगल, हाउसफुल र गुड न्युज सबै हिट भएको थियो । यि सबै चलचित्रको औषत कमाइ भारु १५० भन्दा माथि रहेको बताइएको छ ।

२०२० मा अक्षयकुमार अभिनित सूर्यवंशी, लक्ष्मी बाम्ब, पृथ्बी राज चौहान र बच्चन पाडेँ फिल्महरुको प्रदर्शन हुने भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us