बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७६ माघ १० गते १२:३२ मा प्रकाशित

काठमाण्डु,१०माघ–केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । साढे ७६ हजार तोलाबाट घटेर ७३ हजार पुगेको सुन तीन दिनदेखि बढिरहेको छ ।

बजारमा शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएकोमा आज बढेर ७४ हजार ९ सय पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us