नेप्से घट्ने क्रम जारी

काठमाण्डु टुडे २०७६ माघ ९ गते १५:३० मा प्रकाशित

काठमाण्डु ,९ माघ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा जारी गिरावट आज पनि कायम रहेको छ । आज नेप्से परिसुचक १५ दशमलव ९५ अंकले घटेर एक हजार २५७ दशमलव ४७ कायम भयो भने कारोबार रकम घटेर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपियाँमा सीमित रह्यो ।
आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार १८करोड ४० लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । जसको कारोबार १५ करोड ५२ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज जीवन बीमा र अन्य समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने उत्पादन मूलक, माइक्रोफाइनान्स र म्यूचल फण्डसमूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावटले सेयर बजार राताम्मे भएको छ ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलब ४७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ९६ प्रतिशतले घाटामा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us