एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारतबीच त्रिपक्षीय सम्झौता

काठमाण्डु टुडे २०७६ माघ ८ गते १४:५३ मा प्रकाशित

काठमाण्डु , ८ माघ – एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी प्राली नेपालबीचइन्ड टु इन्ड एएमल (एन्टि मनि लन्ड्रिङ) र सिएफटी (कम्बेटिङ टेरोरिस्ट फाइनान्सिङ) सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे।
सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टु इन्ड र एएमल सोलुसन कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धिकरण हुने बैंकले बताएको छ।
साथैआतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ।
यो बैंकले ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिदै‌ आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us