काठमाण्डु , ८ माघ – बुधबार सुनको भाउ घटेको छ ।
मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज बुधबार ५ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीमा पनि तोलाको १५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।