अबको फिल्ममा बाबुको भूमिकामा सैफ

काठमाण्डु टुडे २०७६ माघ ५ गते १३:१४ मा प्रकाशित

एजेन्सी— बलिउड अभिनेता सैफ अलि खान अब उनको उमेर अनुसारको भूमिकामा काम गर्न चाहन्छन् ।

तानाजीः द अनसंग वारियरमा काम गरेका सैफ अली खान अब जवानी जानेमन फिल्ममा काम गरिरहेका छन् । यो फिल्मलाई नितिन कक्कडले निर्देशन गरेका हुन् ।

‘अब त म उमेरअनुसार आफ्नो भूमिकामा हुन चाहन्छु,’ सैफले भनेका छन्, ‘यही कुरा मैले नितिनलाई भनेको थिएँ । त्यसैले यो फिल्ममा म आलिया बेदीको बाबुको भूमिकामा छु ।’ यो फिल्म ३१ जनवरीमा रिलिज हुँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us