काठमाण्डु , ५ माघ – साताको पहिलो दिन सुनको भाउ उकालो लागेको छ ।
शुक्रबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँ बढेर प्रतितोला ७५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यसैगरी, आज तेजावी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ बढेको छ । आज तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।