काठमाण्डु , ३ माघ – साताको अन्तिम दिन सुनको भाउमा केहि मुल्य बढेको छ ।
बिहीबार तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको हो ।
त्यस्तै ,आज तेजावी सुन ७४ हजार पाँच सय रुपैंयामा कारोवार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।