नेप्सेमा दोहोरो अंकले वृद्धि

काठमाण्डु टुडे २०७६ पुष २८ गते १५:३९ मा प्रकाशित

काठमाण्डु , २८ पुस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि भएको छ ।

नेप्से सूचक र कारोबार रकममा उछाल आएपछि अधिकांश कम्पनीको चम्किन थालेको हुन् । विशेषगरी पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएसंगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको हो ।
परिसूचकमा साताको दोश्रो दिन सोमवार १५ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७० दशमलव ८६ अंकमा कायम भएको छ भने कारोबार रकम अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ५५ लाख १८ हजार ६३६ रहेको छ ।
आज धेरै कारोबार गर्नेमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । जसको कारोबार छ करोड ४५ लाख रुपियाँ बराबरको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार पाँच करोड ९७ लाख रुपियाँ बराबरको छ ।
त्यस्तै, आज माइक्रोफाइनान्स र उत्पादनमूलक समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने हाइड्रोपावर समूहको सूचकमा चार प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।
त्यस्तै, व्यपारमूलक समूहको सूचकमा तीन प्रतिशभन्दा धेरैको सुधार आएको छ । आज अधिकांश समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले बजारमा हरियाली छाएको देखिन्छ ।
त्यस्तै, धेरै फाइदा खानेमा घोडिघोडा लघुवित्त बित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । संस्था नौ दशमलव ८७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा नयाँ नेपाल लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ५७ प्रतिशतले घाटामा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us