काठमाण्डु , २८ पुस -साताको दोस्रो दिन सुनको भाउ फेरि बढेको छ ।
हिजो तोलामा ४ सयले बढेर ७४ हजार ७ सय रुपैयामा कारोवार भएको छापावाल सुन आज तोलामा एक सयले बढेर ७४ हाजर ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन आज तोलाको ७४ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।