आजको विदेशी विनिमय दरको भाउ

काठमाण्डु टुडे २०७६ पुष २७ गते १३:२९ मा प्रकाशित

काठमाण्डु , २७ पुस – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । यस्तै ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ६९ पैसा रहेको छ ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us