सुनचाँदीको भाउ घट्यो

काठमाण्डु टुडे २०७६ पुष २५ गते ११:५१ मा प्रकाशित

काठमाण्डु , २५ पुस -आज साताको अन्तिम दिन सुनचाँदीको भाउ हवात्तै घटेको छ ।

तोलाको अघि ७६ हजार ५ सय पुगेको सुनको मुल्य तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us