आज सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ पुष २२ गते ११:०४ मा प्रकाशित

काठमाण्डु ,२२ पुस- आज सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज नेपाल राष्ट बैकले आज एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४० पैसा रहेको तोकेको छ। सोमबारको तुलनामा २२ पैसा बढेको हो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ९८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ। यूके पाउण्ड सोमबारको तुलनामा एक रुपैयाँ ४९ पैसा बढी हो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ७८ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ५ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका:

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us