एनआईसी एसिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

काठमाण्डु टुडे २०७६ पुष २१ गते ११:५९ मा प्रकाशित

काठमाण्डु , २१ पुस- एनआईसी एसिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहकहरुलाई थप फाईदाहरु पस्कन यो निक्षेप योजना सार्वजनिक गरेको बताएको छ । नयाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपियाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख रुपियाँसम्मको बीमा सुविधा र एक लाख रुपियाँसम्मको औषधि उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नेछ ।

औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजार रुपियाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपियाँसम्मको बीमा सुविधा प्रदान गर्नेछ । यी बीमा सुविधाहरुवापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्ने जनाइएको छ ।

ग्राहकहरुले आफूअनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सेरिज गरी तीन भेरियन्ट्सका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६।५ प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने डायमण्ड सेरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुने जनाइएको छ ।

साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइनेछ ।

न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो भन्दै बैंकले जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा दुई लाख रुपियाँभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई दश हजार रुपियाँले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९ दशमलव ७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नेछ ।
यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने जनाइएको छ ।

यो सुविधा न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउने बैंकको भनाई छ । मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९ दशमलव ७५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने रु भनेर बैंकको शाखामा गएर एक पटक निर्देशन दिनुपर्नेछ । ट्रान्सफर गरिने रकम पाँच सय रुपियाँका दरले गुणन गरेर हुन आउने रकमको अनुपातमा तय गर्न सकिन्छ । मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ ।
साथै, ग्राहकले चाहेको समयमा आफैले मोबाईल बैंकिङ वा ईन्ट ईन्टरनेट बैंकिङको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्नेछन् ।

झट्ट सुन्दा अपत्यारिलो लाग्ने विभिन्न ३० सुविधायुक्त ‘न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता’ सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us