भक्तपुरमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण

काठमाण्डु टुडे २०७६ पुष २० गते १३:५५ मा प्रकाशित

भक्तपुर,२० पुस-  सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको छ ।

सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति तथा युवा क्रियाकलाप समाजको रु ४३ लाखको संयुक्त लागतमा ११ आना जग्गामा सो ट्याङ्कीको निर्माण सम्पन्न भएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले शनिबार शुभारम्भ गर्दै भक्तपुरमा सडक, ढल, खानेपानी, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, ठूला साना पुललगायतका योजना जनताको आवश्यकता र चाहनाअनुसार अगाडि बढिरहेको बताए ।
सूर्यविनाक धुलिखेल सडक, अन्तर्राष्ट्रिय रङ्गशाला, अन्तर्राष्ट्रिय सभागृह, वीर अस्पताल विस्तार, हनुमन्ते तथा मनोहरा नदी करिडोरको काम द्रुतरूपमा भइराखेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us