एनआईसी एशिया बैंक र तिनाउ हस्पिटलबीच यस्तो सम्झौता

काठमाण्डु टुडे २०७६ पुष १७ गते ११:५० मा प्रकाशित

काठमाण्डु , १७ पुस – एनआईसी एशिया बैंक र तिनाउ हस्पिटलबीच सम्झौता भएको छ । एनआईसी बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकलाई विभिन्न सेवासुविधामा १०५ देखि १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नम्बर ५ को बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्की र तिनाउ इन्टरनेसनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध सञ्चालक बिमलप्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर ३१३ शाखा कार्यालय, ४०८ एटीएम, १०२ वटा एक्स्टेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब २० लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us