माछापुच्छ्रे बैंकको डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यास व्याक अफर

काठमाण्डु टुडे २०७६ पुष १६ गते ११:५९ मा प्रकाशित

काठमाण्डु , १६ पुस – माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यासव्याक अफर ल्याएको छ ।

बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो ।
उक्त योजना अनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० फिर्ता पाउनेछन् । त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिनेछ । माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण र्बैकिङ् सुबिधा प्रदान गरीरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us