सुनले तोड्यो नयाँ रेकर्ड

काठमाण्डु टुडे २०७६ पुष १५ गते ११:३९ मा प्रकाशित

काठमाण्डु , पुस – आज मंगलबार सुनको भाउले अहिले सम्मको उच्च रेकर्ड राखेको छ ।

आज प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन तोलामा २ सयले बढेको हो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैयाँ बढेको छ ।
यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो मुल्य अहिले सम्मकै उच्च रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us