नेप्सेमा सुधार 

काठमाण्डु टुडे २०७६ पुष १४ गते १५:५५ मा प्रकाशित
काठमाण्डु , १४ पुस -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार ५ दशमलव ५३ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ९५ अंकमा कायम भएको छ।
परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। १ सय ७७ वटा कम्पनीको १४ लाख ९१ हजार कित्ता सेयर ७ हजार ३८ पटक खरिदबिक्री हुँदा ६२ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
 विकास बैंक, जलविद्युत र वित्त समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक २ सय ५६ दशमलव ५३ अंकले बढेको छ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १० करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, कारोबार सेयर संख्याका आधारमा भने शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ।
 सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६७ प्रशितका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा माउन्टेन हाईड्रो नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us