काठमाण्डु , १४ पुस – आज पनि सुनको भाउ स्थिर रहेको छ ।
शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ । चार दिन यता सुनको भाउ स्थिर रहेको हो । यता चाँदीको मूल्य भने घटबड भइरहेको छ । शुक्रबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८८५ रुपैयाँमा कारोबार भयो ।
यस्तै सोमबार फेरि ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ।