काठमाण्डु , १३ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज आइतबार नेप्से ४.९९ अंकले घटेर ११६२.४३ बिन्दुमा झरेको छ ।
कुल १८१ वटा कम्पनीको १५ लाख ५४ हजार कित्ता शेयर ४२ करोड २४ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका समूहमध्ये व्यापार, वित्त, अन्य र जीवन बीमा समूह बाहेक बाँकी सबै समूह घटेका छन् ।
आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै अर्थात ४ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचक घटे पनि साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनन्स कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।