सबै विदेशी मुद्राकाे भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ पुष १३ गते ११:०९ मा प्रकाशित

काठमाण्डु , १३ पुस – आइतबार सबै विदेशी मुद्राको भाउ बढेको छ । आज नेपाल राष्ट्रबैकले अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ३१ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ६१ पैसा रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us