काठमाण्ड , ११ पुस – साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ आकासिएको छ ।
हिजो प्रतितोला ७२ हजार ८ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै ५ सयले बढेको छ । आज प्रतितोला ७३ हजार ३ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
तथा हिजो ७२ हजार ५ सय रुपैयाँमा कारोबार तेजावी सुन आज तोलामा ५ सयले बढेर ७३ हजारमा कारोवार भइरहेको छ ।
आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।