काठमाण्डु, १८ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले मजदुरलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एकसय पच्चिसौ मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आज वसन्तपुरमा आयोजना गरेको बृहत् मजदुर सभालाई सम्बोधन गर्दै कोइरालाले ‘नेपाली काँग्रेसको सभापतिको हैसियतले भन्छु मजदुरको प्रतिनिधित्व हुन्छ, त्यो म गराएरै छोड्छु ।
अबको एक वर्ष हामीलाई समय दिनुहोस् ।’
प्रधानमन्त्री कोइरालाले शान्ति, स्थायित्व र विकासका लागि एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नरहेको उल्लेख गर्दै यसका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गरे ।
प्रधानमन्त्री कोइरालाले क्यासिनो व्यवसायीले राज्यलाई करोडौ राजस्व नतिरेकाले बाध्यतावस बन्द गर्नुपरेको भन्दै उनीहरुबाट राजस्व उठाउन सरकार लागि परेको जानकारी दिए ।