काठमाण्डु, १८ वैशाख – तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष तथा सभासद् महेन्द्र यादवले सिद्धान्त र मुद्धा मिल्ने दलसँग एकिकरण गर्न तयार रहेको बताएका छन् ।
मधेश मिडिया हाउसमा आयोजित कार्यक्रममा यादवले मधेश केन्द्रित दलबीच एकता अपरिहार्य रहेकामा जोड दिँदै विस्तृत छलफल र बहसका लागि प्रकृया सुरु गरेको जानकारी दिए ।
मधेश केन्द्रित दलबीच विभाजन हुँदा मधेशका मुद्दा कमजोर भएको उनको भनाइ छ ।
यादवले ठूला दलले गणितीय आधारमा संविधान बनाउन खोजे त्यो आफूहरुलाई मान्य नहुने समेत बताएका छन् ।