चितवन, १८ वैशाख – सरकारका प्रवक्ता मीनेन्द्र रिजालले देशका सबै क्षेत्रमा सूचना पु¥याउने लक्ष्यसहित एफएम रेडियोको लाइसेन्स खुला गरिएको बताएका छन् ।
भरतपुरमा आजसूचना तथा सञ्चारमन्त्री रिजालले आवश्यकता हेरी विकट र दुर्गम स्थानमा एफएम खोल्न प्रोत्साहन गरिनेसमेत बताए ।
सरकारको कामकारबाही र आर्थिक पारदर्शीताका लागि रु पाँच हजारभन्दा बढी रकम खर्च भएका विषयका बारेमा स्पष्ट पार्ने काम भइरहेकोसमेत रिजालले जानकारी दिए ।