काठमाण्डु, १८ वैशाख –ऊर्जा मन्त्री राधा ज्ञवालीले ऊर्जा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले ऐन संशोधन गर्ने तयारी भएका बताएकी छन् ।
नेपाल विद्युत प्राधिकण कर्मचारी युनियन जनकपुर–सगरमाथा क्षेत्रीय समितिले गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उर्जामा लगानी गर्ने वातावरण सिर्जना गर्न समस्या देखिएकाले कानूनी अट्चन अन्त्य गर्न ऐन संशोधनको तयारी भएको बताइन् ।
मन्त्री ज्ञवालीले विद्युत प्राधिकरण हाम्रो हो भन्ने भावना आम नेपालीमा जागृत गराउन सरकारले छिट्टै ‘जनताको विद्युत जनताको लगानी’ कार्यक्रम ल्याउने तयारी गरेको बताइन् ।
मन्त्री ज्ञवालीले आउँदो तीन वर्षमा विद्युत भार कटौती अन्त्य गर्ने लक्ष्य लिई सरकारले काम थालिसकेकाले तीनवर्षमा उर्जा संकट अन्त्य हुने बताउनुभयो । आगामी तीन वर्षमा विद्युत भार कटौती अन्त्य हुने दावी गरिन् ।