आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ पुष ८ गते ११:५३ मा प्रकाशित

काठमाण्डु , ८ पुस— आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढ्दै प्रतितालो ७२ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, हिजो ६१ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरि आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us