नुवाकोट, १८ वैशाख –युवती जिस्काएको तथा कुटपिट गरेको आरोपमा विदुर नगरपालिका–१० ढोडणीका एक युवालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।
स्थानीय तीन युवतीलाई जिस्काउँदा प्रतिरक्षा गर्ने खोजेपछि उल्टै कुटपिट गर्ने विदुर नगरपालिका–१० का नारायण नगरकोटीलाई सार्वजनिक मुद्दा चलाएको हो । नगरकोटीले बाटोमा हिँडिरहेका युवतीलाई जिस्काउँदै कुटपिट गर्दा एक युवतीको मुखमा गम्भीर चोटसमेत लागेको छ ।
घाइते युवतीको उपचार भइरहेको छ । बाटोमा हिँडिरहेको समयमा दुव्र्यवहार गरेको र प्रतिरक्षा गर्ने क्रममा उल्टै कुटपिट गरेको भन्दै युवतीहरुले प्रहरीलाई उजुरी दिएका थिए ।
युवतीलाई दुव्र्यवहार तथा कुटपिट गर्ने नगरकोटीलाई पक्राउ गरी सार्वजनिक मुद्दाअन्तर्गत सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशनकुमार बस्नेतले जानकारी दिए ।