एकै दिनमा यति सम्म बढ्याे सुनको भाउ

काठमाण्डु टुडे २०७६ पुष ७ गते ११:२६ मा प्रकाशित

काठमाण्डु , ७ पुस — आज सोमबार सुनको भाउ बढेको छ ।
हिजो छापावाल सुन प्रतितोता ७१ हजार ६ सयमा कारोवार भएको थियो भने आज तोलामा ३ सयले बढेर प्रतितोला ७१ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, आज तेजावी सुनमा पनि प्रतितोला रु ३ सयले बढेर ७१ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको छ । हिजो तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी आज तोलाको ८ सय ६० मा किनबेच भएको छ । हिजो चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us