इन्धन चोर्ने ट्यांकर संचालक कारवाहीमा

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ४:२६ मा प्रकाशित

NEPAL-OIL-PATHLAIYA-DEPOTकाठमाण्डु, १८ वैशाख – रुपन्देहीको पडसरी र मधवलीयामा डिजेल चोरी गरी लुकाउने १९ वटा ट्यांकर सञ्चालकलाई नेपाल आयल निगमले कारबाही गरेको छ ।

निगमले भारतको बेतालपुर डिपोबाट निगमको भलवारी डिपोसम्म ल्याउने क्रममा १७ हजार लिटर डिजेल चोरीमा संलग्न ट्यांकरसँगको सम्झौता निलम्बन गरेको हो ।

निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थ ढुवानी कार्यमा संलग्न भएका १९ वटा ट्यांकरलाई पेट्रोलियम पदार्थ ढुवानी नियमावली, २०५३ बमोजिम तत्काल लागु हुने गरी करार÷सम्झौता निलम्बन गरिएको बताइएको छ ।
विज्ञप्तीमा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीको मातहत रहने गरी सञ्चालनमा रहेका ट्यांकरले निगममा तेल बुझाउनुअघि संगठितरुपमा बाटैमा चोरी, साटफेर जस्ता चुहावटका काम गरिरहेकै अवस्थामा फेला परेकाले ८ जना सञ्चालकका १९ वटा ट्यांकरलाई कारबाही गरेको प्रष्ट पारेको छ ।
चोरीमा संलग्न ट्यांकर धनी तथा ढुवानीकर्ता समेत चोपनारायण्ँ श्रेष्ठ, पिंकी एन्ड प्रिती जैसवाल, पशुपतिनाथ कसौधन, राजेशकुमार कसौधन, दयाशंकर प्रसाद कसौधन, पप्पुकुमार कसौधन, प्रेमराज गैरे, विनोद उप्रेती, हरिबहादुर कु“वर, रुपादेवी जैसवाल, सञ्जु श्रेष्ठ , विजेन्द्रकुमार चौधरी, रुद्रप्रसाद शर्मा, प्रिया गुरुङ र चौधरी रहेका छन् । विनोद उप्रेती तेल लुकाउने घरका मालिक समेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us