काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर लिगमा नेपाल र यूएईबीच खेल जारी छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ठ सुरुआत गरेको छ । खेलमा नेपालले यूएईबाहेक हङकङ, अफगानिस्तान र मलेसियासँग खेल्नेछ ।
टी–२० विश्वकपमा पहिलोपटक सहभागी भएर राम्रो खेल प्रदर्शन गरेको नेपाली टोली क्रिकेटको वान डे संस्करणमा समेत राम्रो गर्ने योजनामा छ । नेपाल र यूएईको अहिलेसम्म विभिन्न प्रतियोगितमा नौ पटक भेटेका छन्।
जसमा नेपालले एकपटक मात्र जितेको छ । पछिल्लोपल्ट नेपाल न्युजिल्यान्डमा भएको आईसीसी क्रिकेट विश्वकप छनोटमा यूएईसँग पराजित भएको थियो ।