काठमाण्डु , २ पुस— आज बुधबार सुन फेरि १ सय रुपैयाँले बढेको छ।
हिजो मङ्ग लबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ७१ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी सुनको भाउ ७१ हजार ३ सय रुपैंयामा कारोवार भएको छ भने चाँदी प्रतीतोला ८ सय ५० मा कारोवार भइहरेको छ ।