विष्ट र केसी दुवैको जित्ने दाबी

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १५:११ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख –  नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीको डा. महेन्द्र विष्ट र पोषण केसी दुवैले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

सम्वाद डबलीमा आज आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्षका उम्मेदवार केसीले पत्रकारको पेसागत एजेण्डा स्थापित गर्न र त्यसलाई कार्यान्वयन गर्न आफूले सक्दो पहल गर्ने बताए ।

महासङ्घलाई सबैको साझा सङ्गठन बनाउन र यसलाई पेसागत सङ्गठन मात्रै नबनाई ट्रेड  युनियन बनाउने आफ्नो लक्ष्य भएको केसीको भनाइ थियो । अर्का प्रत्यासी डा. विष्टले पत्रकारको पेसागत हकहित आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आफूले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गराइछाड्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्रन्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहले लामो समयदेखि श्रमजीवी पत्रकारको समस्या समाधान हुन नसकेको बताउँदै अब आउने महासङ्घको नेतृत्वले त्यो समाधान गर्न सफल हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us