नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ मंसिर ३० गते १५:५६ मा प्रकाशित

काठमाण्डु , ३० मंसिर- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ४.७८ अंकले घटेको नेप्से सोमबार १३.७५ अंकले घटेर ११५४.११ बिन्दुमा झरेको छ ।
कुल १६६ वटा कम्पनीको १३ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर ४० करोड ७९ रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकसँगै कारोबार रकम र शेयर संख्या अघिल्लो दिनको तुलनामा भारी मात्राले घटेको छ । आज कारोबारमा आएका सबै समूह घटेका छन् । आज पनि एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
समग्र परिसूचकमा गिरावट आएको दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे पाँच प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us