
अर्घाखाँची, १७ वैशाख – अर्घाखाँचीको नरपानी गाविसमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । यस दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क आउँदै गरेको लु १ ख ७८२५ नम्बरको ट्रक एकआपसमा ठोक्किदा १७ जना जनाको मृत्यु भएको हो ।
नरपानी गाविस–५ जगात बहखोरको घुम्तीमा बस र ट्रक ठोक्किएर बस र ट्रक दुबै सडकबाट करिब २०० सय मिटर तल खोल्सामा खसेका थिए । मृत्यु हुनेमा ज्योती शिक्षा क्याम्पस ठाडाका प्रमुख गणेश बेल्बासे, वाङ्गला घर भई जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत डा. विष्णु आचार्य, उनका बाबु जनार्दन आचार्य, धारापानीका नरेन्द्र बन्जाडे, बुटवलका कृष्ण श्रेष्ठ, सन्धिखर्ककी सान्तादेवी आचार्य, ढाकाबाँगकी बसन्ता श्रोत्री र ठाडाकी अनिता बेल्बासे छन् ।
नरपानी–९ की धनसरी बगाले मगर, ढाकाबागका जनक खनाल, जुकेनाकी तिलकला बेल्बासे, रुपन्देही–७ का छमी श्रेष्ठ र भारत विहारका नुर आलाम, यमा सुदीन र भुबत लाहा लम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका २४ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाण्डु लगिएको छ ।
घाइतेमध्ये केहीको जिल्ला अस्पताल र केहीलाई उपचारका लागि बुटबल पठाइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेका थिए । यस्तै, अर्घाखाँचीको सन्धिखर्क गाविस–६ स्याले बजारमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
सन्धिखर्कबाट कृष्णनगर जाँदै गरेको लु १ ज १३२९ नम्बरको जीप सडकमै दुर्घटना दा दुईजनाको ज्यान गएको हो ।